Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

उद्योग र रोजगारी बचाउन सहज वातावरण बनाउन निजी क्षेत्रको आग्रह

civilbank long ad

काठमाडौं । कोरोना महामारीका कारण उद्योग व्यवसायले निरन्तर नोक्सानी ब्यहोर्नु परेको भन्दै निजी क्षेत्रका विभिन्न सङ्घ–सङ्गठनले सहज वातावरण बनाउन आग्रह गरेका छन् ।

उद्योग र रोजगारी दुवैलाई बचाउनु तत्काल सबैको ध्यान जानुपर्ने र यो पहिलो आवश्यकता रहेको उनीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा सङ्कटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत् अवस्थामा फर्काउन तत्काल आवश्यक उपाय अवलम्बन गर्नुको विकल्प नभएको बताएका छन् ।

साथै संयुक्त अपिल मार्फत् उनीहरुले निर्बाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइ राख्ने काममा सहयोग पुर्याउन श्रमिकलाई आग्रह गरेका छन् ।

सरकारले चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकको लागि अहिले कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० मा पुनरावलोकन गरी पर्सि साउन एक गतेदेखि लागू हुने गरी न्यूनतम तलब नौ हजार ३ सय ८५ र महँगी भत्ता पाँच हजार ६ सय १५ समेत गरी १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

तर न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको उद्योगी व्यवसायीको छाता सङ्गठनले जनाएका छन् ।


३० असार २०७८, बुधवार ०८:३० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad