रुपक राजवंशी नेपाल चेम्वर अफ कमर्सको कार्य समिति सदस्यमा मनोनित
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको बिधान बमोजिम चेम्वरकोे कार्य समिति सदस्य पदमा ३ वर्षे कार्यकालका लागि रुपक राजवंशी मनोनित हुनु भएको छ ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आज मनोनयन पत्र प्रदान गर्नु हुंद्रै सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रुपक राजबंशीको शैक्षिक क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएको बताउनु भयो ।
अध्यक्ष मल्लले चेम्वरको सामाजिक तथा व्यवसायीक भूमिका अभिवृद्धि गर्न राजबंशीले उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै मनोनित हुनु भएका राजवंशींको कार्यकालको सफलताको कामना गर्नु भयो ।
उक्त अवसरमा रुपक राजवंशीले नेपाल चेम्वर जस्तो व्यवसायीहरुको अग्रणी संस्थाको सदस्य पदमा मनोनित हुन पाएकोमा गौरवान्वित महशुस भएको बताउनु हुंदै चेम्वरको सामाजिक कार्यमा अग्रसर भइ कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश अग्रवालको उपस्थिति रहेको थियो ।