stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

सिजीले नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ । नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरी कम्पनीले सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो ।

१२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा यी डिसवासरहरु बजारमा उपलब्ध रहेका छन् । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएका हुनाले यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीले दाबी गरेको छ ।

यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् जसलाई ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गरी आफ्नो भाँडाहरुलाई सफा गर्न सक्नेछन् ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले तपाईले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ ।

यसमा अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झट गर्नु पर्दैन । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावाभित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वि.एल.डि.सि. । टेक्नोलोजी वा हाईड्रो पावर पनि यसको विशेषता हो, जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत हुन्छ । डिउल प्रो वासको मद्दतले भाँडालाई यसले दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ ।

त्यस्तै यसमा अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने तपाईले डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सक्नुहुनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउनु सकिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long