citizens life insurance long ad
stcnepal long ad

वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अन्जन श्रेष्ठ फराकिलो मत अन्तरले विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६२ मत प्राप्त गर्दै महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे भने दुई मत बदर भए । त्यस्तै, महासंघ वस्तुगत सदस्यतर्फ सदस्यहरुको मतगणना पनि सकिएको छ । यस समूह अन्तर्गत कुल २८ जना सदस्यहरुले दिएका उम्मेदवारीमध्ये १४ जना निर्वाचित भएका छन् ।

उक्त १४ कार्यकारी सदस्यमध्ये ७ जना प्रधान प्यानलबाट निर्वाचित भएका छन्, भने बाँकी ७ जना चन्द्रप्रसाद ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा नरेशलाल श्रेष्ठ–७२, सुमितकुमार केडिया–६६, आकाश अधिकारी–४९, प्रकाश सिंह कार्की–५७, भक्त बहादुर हमाल–६२, सुबोध कुमार गुप्ता–५०, हेमराज ढकाल–५५, अरनिको राजभण्डारी–६४, गोबिन्द ढुंगेल–५०, मनिष लाल प्रधान–६०, मीनमान श्रेष्ठ–६७, विष्णु प्रसाद गैरे–५१, सन्दीप कुमार अग्रवाल–५१, सुकुन्तलाल हिराचन–५५ रहेका छन् । ६४ सदस्यका लागि भएको निर्वाचनमा अन्य पदको भने मतपरिणाम गणना भइरहेको छ

IME Life
kumari