stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

‘गोर्खा ब्रुअरी’को वियर नब्बे करोड अन्तःशूल्क चुक्ता गरेपछि मात्रै बजारमा जान पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आन्तरिक राजश्व विभागले ‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता नगरेसम्म आफ्नो वियर बजारमा लैजान रोक लगाएको छ ।

राजश्व विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशूल्क सहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्त सहितको पत्र पठाएको हो ।

विभागले पच्चास (५०) प्रतिशतभन्दा कम जौं’को मात्रा भएको वियरलाई लोकल रक्सीको श्रेणीमा राख्ने र अन्तःशूल्क प्रतिलिटर ४ सय २३ रुपैयाँ नतिरेसम्म बजारमा लैजान रोक लगाएको जनाएको छ ।

कानून अनुसार पच्चास प्रतिशतभन्दा कम जौं’को मात्रा भएको माल्टको अन्तःशूल्क लोकल रक्सी सरह प्रति लिटर ४ सय २३ रुपैयाँ लाग्ने बताइएको छ ।

सोही कारण विभागले गुणस्तर खस्किएपछि नयाँ दर अनुसार अन्तःशूल्क तिर्नुपर्ने भन्दै उक्त निर्णय परिवर्तन हुन नसक्ने बताउँदै आएको छ । तर, पच्चास प्रतिशतभन्दा बढी जौं’को मात्रा भएको वियरमा भने अन्तःशूल्क प्रति लिटर १ सय ६५ रुपैयाँ मात्रै लाग्छ ।

तर, गोर्खा ब्रुअरीले भने अन्तःशूल्कमा असन्तुष्टि जनाउँदै आएको छ । गोदाममा रहेका ४ लाख ३७ हजार बक्स वियरमा आन्तरिक राजश्व विभागले अनुगमनपछि गुणस्तर घटेकाले उच्च अन्तःशूल्क लगाउने निर्णय गरेको जनाएको हो ।

विभागको उक्त निर्णयपछि गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्गका ४ लाख ३७ हजार बक्स गोदाममै रहेको बताइएको छ ।

prabhu mahalaxmi
kumari