stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

‘प्रचण्डले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्।

‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन ।

यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो। खैर केही छैन, हामी दुवैजना बस्छौं र तपाईंहरूको समस्यालाई समाधान गर्छौं।’

दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरूसँग छलफल गरेका थिए। शनिबार ओलीले कर्णालीका नेताहरूसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए तर गएनन्। कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा पनि बालुवाटार छलफलमा सहभागी भएनन्।

दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट देखिएको जनाइएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित यामलाल कँडेल, गोरखबहादुर बोगटी, प्रकाश ज्वाला, मायाप्रसाद शर्मा, गुलाबजंग शाह, चन्द्रबहादुर शाही लगायत नेताले प्रधानमन्त्री ओलीसँग छलफल गरे ।

छलफलमा ओलीले प्रदेश सरकार भनेको संघीय सरकारको प्रशासनिक एकाइ भएकाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि संघीय प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै गर्नुपर्ने बताएका थिए। आजको नागरिक दैनिकबाट

prabhu mahalaxmi
kumari