stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रधानमन्त्रीसँग ३३ प्रतिशत तलब सरकारले दिनुपर्ने उद्यमी व्यवसायीको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना कर्मचारीको ३३ प्रतिशत तलब सरकारले दिनु पर्ने माग गरेको छन् । प्रधानमन्त्री ओलीले आज आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूलाई बालुवाटारमा भेट्न बोलाएका थिए । अर्थ मन्त्रालयको समेत कार्यभार समालेका प्रमसँग व्यवसायीले आफ्ना कर्मचारीलाई ३३ प्रतिशत तलब सरकारले दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले लकडाउन मात्र गरेर कोभिड–१९ नियन्त्रण नहुँने भन्दै आर्थिक क्रियाकलापलाई खुकुलो बनाउन माग राखेकी छिन् ।

सो अवसरमा अध्यक्ष राणाले पुनरकर्जा कोषलाई बढाएर दुई खर्ब पुर्याउन पनि व्यवसायीहरूले प्रम समक्ष माग गरेका थिए ।

IME Lifesidebar
kumari