सुनको भाउ ओरालो लाग्नेक्रम जारी
काठमाडौं । आज मंगलबार पनि सुनको भाउ घटेको छ । यस दिन सुनको भाउ प्रति तोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ भने सोमबारकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।























