stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघका आठवटा विषयगत समितिले पायो पूर्णता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठवटा विषयगत समितिले पूर्णता पाएका छन् ।

समितिहरूका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।

महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल श्रेष्ठको सभापतित्वको उद्योग समिति, अरनिको राजभण्डारीको सभापतित्वको कर तथा राजस्व समिति, नानीराज घिमिरेको सभापतित्वको सीप विकास तथा रोजगार समिति, होमप्रसाद दाहालको सभापतित्वको निर्यात प्रवद्र्धन समितिलाई मनोनयन पत्र प्रदान गरिएको थियो ।

राजकुमार कार्कीको सभापतित्वको सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समिति, प्रियराज रेग्मीको सभापतित्वको पुँजी बजार समिति र सनिता नेमाफुकीको सभापतित्वको महिला उद्यमी विकास समिति तथा साहारा जोशीको सभापतित्वमा गठित स्टार्टअप एन्ड एनोभेसन समितिका उपसभापति, सदस्य र सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा मनोनयनपत्र हस्तान्तरण गर्दै कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए ।

उनले समितिहरू सरकार र निजी क्षेत्रबीच नीतिगत संवाद, समस्या समाधान र सुधारका एजेन्डा अघि बढाउने प्रभावकारी संयन्त्र भएको उल्लेख गरे ।

“समितिका सदस्यहरूले आफ्नो अनुभव, विज्ञता र व्यावसायिक दक्षतालाई राष्ट्रको आर्थिक विकासमा उपयोग गर्नुपर्छ । उद्योग, व्यापार, लगानी, निर्यात, उद्यमशीलता तथा रोजगारी विस्तारका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्न सके मात्रै समितिको उद्देश्य पूरा हुन्छ,” उनले भने ।

 

IME Lifesidebar
kumari