घट्यो सुनको मूल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ
। आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो । आईतबारको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको हो ।
त्यस्तै, तेजावी सुन ९७ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको छ ।यसैगरी आइतबार चाँदी तोलाको १ हजार ३ सय १५ रूपैयाँ भएको छ।























