stcnepal long ad
national life

औषधि उत्पादक आन्दोलनमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ ।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो ।

देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताए ।

लक डाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफुहरुले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्त रहित र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे ।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ ।

मंगलबार औषधि व्यवस्था विभाग अगाडी संघले धर्ना दिएको छ । आफ्ना मागहरु पुरा नभएर आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ ।

gold
kumari bank
kumari
nawakantipur long