बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच सम्झौता
काठमाडौं । बतास एडब्राइट र भाटभटेनी सुपर मार्केटबीच व्यावसायिक रुपमा ब्राण्डिङ गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बतास अर्गनाइजेसनका तर्फबाट बतास एडब्राइटका अध्यक्ष ओशिन बतास र भाटभटेनी सुपर मार्केटका तर्फबाट प्रबन्ध निर्देशक कल्याण गुरुङले हस्ताक्षर गरे ।
सम्झौता अनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइट मार्फत ब्रान्डिङ हुने भएको छ ।






















