sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा झण्डै ४० प्रतिशतले बढ्यो

कम्पनीको चालू सम्पत्ति ६ अर्ब ७६ करोड र कुल चालू दायित्व ७ अर्ब १४ करोड रूपैयाँ रहेको छ ।

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँच करोड १९ लाख ६३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ९९ प्रतिशत अर्थात् करिब ४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने कम्पनीले तीन करोड ७१ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको बिक्री आम्दानी पनि ६३ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ९ अर्ब ४५ करोड रूपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म दुई करोड ७३ लाख रूपैयाँ बराबरको अन्य आम्दानी गरेको बताइएको छ ।

कम्पनीले कर्मचारी खर्च २७ करोड १७ लाख र १६ करोड १२ लाख रूपैयाँ प्रशासनिक खर्च गरेको उल्लेख गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार एक अर्ब ३९ करोड रूपैयाँ रहेको छ ।

यस्तै, कम्पनीको चालू सम्पत्ति ६ अर्ब ७६ करोड र कुल चालू दायित्व ७ अर्ब १४ करोड रूपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २१ दशमलव ६० रूपैयाँ, प्रतिशेयर नेटवर्थ ३८९ दशमलव ५५ रूपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य दुई हजार ७९७ दशमलव १४ रूपैयाँ र मूल्य आम्दानी अनुपात २०८ दशमलव २१ गुणा कायम भएको छ ।

gold
kumari bank
nawakantipur long