evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

विजयश्री स्टील प्रालिले सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विजयश्री स्टील प्रालिले सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा २४.४५ प्रतिशतले कम हो ।

सन् २०२२ मा यो कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख र सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

पछिल्ला वर्षहरुमा यस कम्पनीको व्यापारमा लगातार गिरावट देखिएको छ । बिक्री घट्दा आम्दानी पनि घटेको हो । गत वर्ष कन्टिन्युअस कास्टिङ मेसिन (सीसीएम) प्लान्ट जडान गर्दा उत्पादनमा अवरोध आएपछि बिक्रीमा पनि असर परेको जनाइएको छ ।

यस कम्पनीले ३ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ ।जसमध्ये लङ ट्रम १ अर्ब ४ करोड ३७ लाखका लागि ‘केयर एनपी बीबी माइनस’ र सर्ट ट्रम २ अर्ब ९० करोडका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो । विजयश्री स्टील सन् २०१७ मा कपिलवस्तुमा स्थापना भएको हो ।

यो कम्पनीसँग टीएमटीबारहरु उत्पादन गर्न ७०० मेट्रिक टन प्रतिदिन उत्पादन क्षमता छ । रोलिङ मिल र बिलेटहरु उत्पादन गर्न ४०० मेट्रिक टन प्रतिदिनको स्थापित क्षमताको सीसीएम प्लान्ट छ । प्लान्टले नोभेम्बर २५ सन् २०१८ मा आफ्नो रोलिङ मिलको व्यावसायिक सञ्चालन सुरु गरेको थियो ।

igi long
himalayan life insurance long ad