citizens life insurance long ad
stcnepal long ad

कर्जाको ब्याजदर एकल अंकमा झार्न व्यवसायीको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अंमा झार्न सरकार तथा नियामक निकायसँग आग्रह गरेका छन् ।

नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघको ‘दशौं वार्षिक साधारण सभा एवं पाँचौँ महाधिवेशन’को शनिबार उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीलाई व्यवसायको वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

“बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण कतिपय उद्योगी व्यवसायी आफ्नो व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको छ, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा कायम गर्नुपर्छ”, उनले भने।अध्यक्ष कार्कीले घरभाडा महँगो हुँदा व्यवसायीलाई समस्या परेको भन्दै वैज्ञानिक घरभाडा लागू गर्नसमेत माग गरे ।

उनले चीनसँग जोडिएका नेपाली नाकामा व्यवसायीलाई समस्या परेको भन्दै यसलाई सहजीकरणका लागि कूटनीतिक पहल थाल्न पनि सरकारलाई आग्रह गरे । महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले जुत्ताचप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्ने बताए ।

नेपाल जुत्ताचप्पल व्यवसायी संघका अध्यक्ष दक्षमणि गौतमले स्वदेशमा उत्पादित जुत्ताचप्पललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल जुत्ताचप्पलको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।

IME Life
kumari