stcnepal long ad
himalayan Everest Insurance long ad

खुकुरी रम उत्पादन गर्ने नेपाल डिष्टिलरिज् प्रालिको आम्दानी १ अर्ब ९० करोड

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । खुकुरी रम उत्पादन गर्ने नेपाल डिष्टिलरिज् प्रा.लि.ले सन् २०२२ मा १ अर्ब ९० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार यसले सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको आम्दानी पछिल्ला वर्षहरुको तुलनामा बढेको छ । तथ्यांक अनुसार यसले सन् २०२३ मा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ प्रोभिजनल आम्दानी देखाएको छ ।

सन् २०२० मा १ अर्ब ११ करोड र २०१९ मा १ अर्ब ४८ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । यसले ६६ करोड रुपैयाँका लागि क्रेडिट रेडिङ गराएको हो ।

यस डिष्टिलरीसँग ६ दशक भन्दा बढीको सञ्चालन ट्र्याक रेकर्ड छ । खुकुरी एक्सएक्सएक्सले नेपालमा रम बजारको ठूलो हिस्सा ओगटेको छ। नेपाल डिष्टिलरी प्राइभेट लिमिटेड एक निजी स्वामित्वमा रहेको कम्पनी हो ।

यो नोभेम्बर सन् १९६१ मा साझेदारीको रुपमा स्थापित भएको थियो । कम्पनीको बजार हिस्सा ठूलो छ । बजारमा ब्रान्डका रुपमा यसको बलियो पहिचान छ।

२७ भदौ २०८०, बुधवार १५:५४ बजे प्रकाशित

NTA long ad