prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा साढें ९ खर्बमाथि पुगे

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा साढें ९ खर्बमाथि पुगेको छ । भन्सार विभागका अनुसाय चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड नाघेको छ ।

व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा भने करिब १८ प्रतिशते कम रहेको हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा केही कमी भएको हो ।

यस अवधिमा मुलुकमा कुल १० खर्ब ५८ अर्ब बराबरको वस्तु आयात हुँदा यहाँबाट निर्यात भने जम्मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । यस अवधिमा पट्रोलियम पदार्थमात्रै १ खर्ब ९६ अर्ब रुपैयाँ बढीको आयात भएको विभागको तथ्यांक छ ।

८ चैत २०७९, बुधवार १९:२९ बजे प्रकाशित

NTA long ad
stcnepal long ad