stcnepal long ad
global ime bank long

संजय महर्जन र ताकागी मिकाको ‘जर्नी टु भक्तपुर’ डकुमेन्ट्री जापानमा प्रदर्शन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर फोटोग्राफर संजय महर्जनले निर्माण गरेको ‘जर्नी टु भक्तपुर ( द होमटाउन अफ नेप्लिज सेरामिक्सु डकुमेन्ट्री जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा २०२२ डिसेम्बर १७ देखि २०२३ मार्च १९ तारिख सम्म प्रदर्शनमा राखिएको छ ।

‘गो टु ट्राभल ( जर्नी अफ द आर्टिष्ट’ शिर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उहाँले खिचेका फोटो र डकुमेन्ट्री हेर्न सकिनेछ ।

उक्त डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल, कलात्मक बुट्टे इट्टाहरु तथा भक्तपुरका प्रजापती समुदायले बनाउने माटोका भाडाँकुडा र अन्य सामाग्री सम्बन्धि बिशेष खोज गरि वृत्तचित्रमा उतारेका छ्न् ।

छायांकन, सम्पादन र निर्देशन आफै गरेका महर्जनले यस वृत्तचित्र अझै उपयोगी रहोस् भनी वरिष्ठ आर्किटेक्ट बिजय बासुकला, इट्टा टाइल शिल्पकार तथा व्यवसायी कर्ण अवाल संग थप तथ्य सहित परम्परागत तरिकाले बनाइने विधि र यसलाइ भविस्यमा पनि जिवन्त बनाउन के गर्नु पर्छ भन्ने विशेषज्ञहरु को धारणा देखाइएको छ ।

सुन्दरी मिका नामले परिचित नेपाल(जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै आइरहेकी जापानी गायिका ताकागी मिकाको निर्माणमा बनेको यस डकुमेन्ट्री प्रदर्शनी अवलोकनमा आएका दर्शकहरुले धेरै नै मनपराएको र जापानी विध्यार्थीहरुलाई समेत उपयोगी रहेकोले मार्च १९ को विशेष कार्यक्रम पछी कावारा म्युजियममा प्रदर्शनी समापन भए पनि टोकियो, ओसाका, ओकिनावा लगाएत सहरहरुमा पनि प्रदर्शनीमा राखिने बताउनु भयो ।

साथै २०२३ मा हुने यामागाता अन्तरास्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलको लागि समेत तयारीमा रहेको जानकारी दिनु भयो ।

ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहेका संजय महर्जनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी भएकोले एकदमै उत्साहित रहेको बताउनु भयो ।

जापान यात्राको क्रममा महर्जनले फुकुयामा म्युजियम, क्योटो नेपाली रेस्टुरेन्ट र शिगा गेस्ट हाउसमा हुने कन्सर्टमा गायिका सुन्दरी मिका र सुन्दरी ब्यान्ड संग केहि नेवारी, नेपाली तथा जापानी गित संगित प्रस्तुतिको पनि कार्यक्रम रहनेछ साथै कावारा म्युजियममा हुने यस बर्षको ओरिअन कन्सर्टमा समेत सहभागी हुनेछ ।

डकुमेन्ट्री, फोटो प्रदर्शनी तथा कन्सर्ट कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालयले २०२२ जापान दक्षिणपश्चिम एशिया आदन प्रदान वार्षिकोत्सवको रूपमा पनि मान्यता दिइएको छ।

IME Lifesidebar
kumari