citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गौतमबुद्ध विमानस्थलबाट ४ महिनामा झण्डै २ करोडको वस्तु आयात

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चार महिनामा झण्डै दुई करोडको वस्तु आयात भएको छ । साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।

चार महिनाको अवधिमा यस भन्सारबाट ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । यस्तै त्रिभुवन विमानस्थलबाट भने चार महिनामा ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

पछिल्लो चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

यस अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । वीरगञ्ज भन्सार नाकाबाट १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यस्तै चोभारस्थित सुख्खा बन्दरगाहबाट चार महिनाको अवधिमा १५ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने यस बन्दरगाहबाट ३३ लाख ८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालका भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सार नाकाबाट हुने गरेको छ ।

himalayan life insurance
igi long