stcnepal long ad
ime life insurance
national life
global ime bank long

आठ महिनामा नेपालले ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आठ महिनामा नेपालले ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार आठ महिनामा नेपालले विभिन्न देशबाट ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न भित्राएको हो ।

यस्तै २० अर्ब १३ करोड रुपैयाँको खाद्य उद्योगका लागि चाहिने कच्चा पदार्थ भित्रिएको छ । आठ महिनामा ९५ अर्ब रुपैयाँको घिउ–तेल र पशुपक्षीजन्य वस्तु, २६ अर्ब ७३ करोड रुपैयाँको तरकारी, १६ अर्ब ३१ करोड रुपैयाँको फलफूल, ६ अर्ब रुपैयाँको चिया–कफी र ६ अर्ब रुपैयाँको चिनी र चकलेट आयात भएको छ ।

यस्तै आठ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ, एक खर्ब रुपैयाँका मेशिन, ८६ अर्ब रुपैयाँका विद्युतीय सामग्री, ७५ अर्ब ९५ करोड रुपैयाँका गाडी, ५२ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १२ अर्ब ७४ करोड रुपैयाँको बिउविजन लगायतका वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari