stcnepal long ad
ime life insurance
national life
global ime bank long

११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालू आर्थिक बर्षको ११ महिनामा सबै भन्दा बढी डिजेल आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात भएको छ ।

यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको हो । त्यस्तै धेरै आयातको सूचीको दोस्रो स्थानमा भटमास तेलको कच्चा पदार्थ रहेको छ ।

विभागका अनुसार ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ७२ करोड ६४ लाख लिटर टमास तेलको कच्चा पदार्थ आयात भएको छ ।

त्यस्तै यस अवधिमा पेट्रोल तेस्रो धेरै आयात हुने वस्तु रहेको छ । यस अवधिमा पेट्रोल ६८ अर्ब १७ करोडको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको छ ।

त्यस्तै ११ महिनामा ५३ अर्ब ६९ खर्ब बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ । त्यस्तै एलपीजी ग्यास ५२ अर्ब २१ करोड बराबरको ४७ करोड ५९ लाख केजी आयात भएको विभागले जनाएको छ ।

भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।

IME Lifesidebar
kumari