stcnepal long ad
national life

काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा पाँच करोड ९० लाख ३३ हजार रुपैयाँ अर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् छ करोड ८९ लाख पाँच हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब २० करोड ६८ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा दुई अर्ब ३२ करोड ७८ लाख रुपैयाँ मूल्य पर्ने २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी एक अर्ब २६ करोड १५ लाख रुपैयाँ मूल्य पर्ने १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै तीन महिनाको अवधिमा ६२ करोड ८१ लाख रुपैयाँ मूल्य पर्ने छ हजार ३६१ मेट्रिक टन एलपी ग्यास, २० करोड २६ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार २५६ किलोलिटर एटीएफ र तीन करोड ७९ लाख रुपैयाँ मूल्य पर्ने ४२० किलोलिटर मट्टितेल आयात भएको छ ।

gold
kumari bank
kumari
nawakantipur long