citizens life insurance long ad
stcnepal long ad
national life
global bank

मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर पेट्रोलियम पदार्थ मात्र आयात

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत)महिनामा नेपालबाट एक खर्ब १३ अर्ब रुपियाँको निर्यात हुँदा झन्डै दोब्बर रकम दुई खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

नौ महिनामा निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँमा झरेको छ । नौ महिनामा पेट्रोलियम पदार्थको पेट्रोलियम पदार्थको आयात गत वर्षको तुलनामा घटे पनि कुल निर्यातको तुलनामा झन्डै दोब्बर रहँदै आएको छ ।

गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको माग कम हुँदा आयातमा कमी आएको छ ।

विभागले नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपियाँको डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ। यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा सरकारले ७५ अर्ब पाँच करोड ४३ लाख ८३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको पाँच लाख छ हजार १५९ किलोलिटर पेट्रोल आयात भएको छ । सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपियाँ राजस्व प्राप्त भएको सङ्कलन भएको छ ।

यस्तै नौ महिनामा एक खर्ब तीन अर्ब २२ करोड ८४ लाख १५ हजार रुपियाँ बराबरको नौ लाख ८६ हजार ९५० किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार राजस्व प्राप्त भएको छ ।

नौ महिनाको ४१ अर्ब ७६ करोड ४६ हजार रुपियाँ बराबरको ३९ करोड २३ लाख छ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । जसबापत सरकारलाई सात अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपियाँ सङ्कलन राजस्व आएको छ ।

himalayan life insurance
igi long