stcnepal long ad
ime life insurance
global ime bank long

चालू आर्थिक वर्षको चार महिनामा १९ करोड रुपैयाँभन्दा बढिको चुइगम आयात

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनामा १९ करोड रुपैयाँभन्दा बढिको चुइगम आयात भएको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १९ करोड ७१ लाख रुपैयाँको चुइगम आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनाको अवधिमा विश्वका दर्जन देशबाट नेपालमा चुइगम आयात हुने गरेको छ । यस अवधिमा भारतबाट १९ करोड ३६ लाख रुपैयाँ बराबरको चुइगम भित्रिएको छ ।

यसबाहेक, अमेरिकाबाट २८ लाख ७९ हजार रुपैयाँको र बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम भित्रिएको छ । यसबाहेक अन्य मुलुकबाट भने न्यून मात्रामा आउने गरेको छ ।

prabhu mahalaxmi
kumari