sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

१२ अर्ब २५ करोड रुपैयाँको गलैँचा निर्यात

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रायः सबै वस्तुमा परनिर्भर छ । स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात भइरहेका छन् । तर नेपालको एउटा उत्पादन गलैँचा स्वदेशमा मात्र नभएर अमेरिकी बजारमासमेत लोकप्रिय छ ।

मुलुकले वार्षिक साढे १४ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैँचाले भने आशा जगाएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट करिब १२ अर्ब २५ करोड रुपैयाँको गलैँचा विदेश निर्यात भएको छ । त्यसको आधाभन्दा बढी ७ अर्ब ३८ करोडको गलैँचा अमेरिका निर्यात भएको छ ।

भन्सार विभागका अनुसार गलैँचा निर्यात मूल्यको ६० प्रतिशत अमेरिका गएको देखिन्छ । यसले अमेरिकी बजारमा नेपाली गलैँचाको माग उच्च रहेको प्रष्ट सङ्केत गर्छ ।

नेपालमा उत्पादित गलैँचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघका अध्यक्ष तेन्जिङ शेर्पाले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

 

gold
kumari bank
nawakantipur long