citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन्

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

गोरखा । गोरखाको हिमालपारिका गाउँहरु चुमनुब्री गाउँपालिका को वडा नम्बर १ सामागाउँको रुइला नाका र वडा नं ७ छेकम्पारको ङुईला नाका अझै खुल्न सकेको छैन ।

बिगतमा किरोनाका कारण यी नाकाहरु बन्द भएपनि अझै कुनै पहल नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन ।

नाका बन्दको करणले यस क्षेत्रका बासिन्दाहरु दैनिक उपभोग्य सामानहरु समेत किन्न पाइरहेका छैनन ।

उत्तरी नाका बन्द हुनु र बर्षाको समयमा तल तिरको बाटोमा पहिरो जाँदा चामल र तेल महँगो मुल्य तिरेर पनि खान नपाउने अवस्थामा यहाँका स्थानीय पुगेका छन ।

यहाँ चामल प्रति वोरा ५५०० रुपैँया र तेल आधा लिटरको २५० रुपैँया तिर्दा पनि किन्न पाइन्न ।
चुनाबको बेलामा राजनीतिक दलहरुले दुबै नाका खुलाउने अश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नहुँदा स्थानीय चिन्तित छन ।

विभिन्न संचार माध्यमहरुले दुबै नाका खुलेको समाचार बेला बखद दिँदै आएपनि नाका भने नखुलेको स्थानीयहरुको गुनासो रहेको छ ।

छिमेकि मुलुकले बोर्डर पास बनाएर र नविकरण गरेको हुनु पर्ने पत्र अनुसार बोर्डर पास बनाई तिब्बतमा गएको तर सिमाना बाटै फर्काइ दिएको कुरा स्थानीय छिरिङ जाङ्बो लामा बताउनुहुन्छ ।

दुबै नाका खुलाउन वडाका प्रतिनिधिहरु र पालिका प्रमुख एवं स्थानीय बुद्धिजिविहरुले आ(आफ्नो ठाउँबाट पहल गरेपनि नाका खुलेको छैन्न ।

वर्षाको समयमा पहिरोले गर्दा दैनिक खाद्यान्न पाउन मुस्किल हुने र अहिले हिउँले नाका पनि त्यसै बन्दा हुने स्थानीयहरुको दुखेसो रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank