सगरमाथा जलविद्युत कम्पनीको वित्तीय विवरण
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले गत आर्थिक वर्षको अन्त्यससम्ममा ६ करोड ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा १.६३% ले थोरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिसम्म आइपुग्दा सगरमाथाको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५.१९% बाट घटेर २५ करोड ५० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट २६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यसको सञ्चालन नाफा भने ९८ लाख ६५ हजार रुपैयाँबाट बढेर ९९ लाख ५ हजार रुपैयाँ पुगेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यो कम्पनीको रिटेन अर्निङमा ५ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष उक्त कोषमा ६ करोड ५२ लाख रुपैयाँ थियो । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८४ पैसा (वार्षिक) रहेको छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३२ पैसा रहेको छ ।