Everest Bank
nabil bank
national life
stcnepal long ad

मान्डु हाइड्रोपावर प्रिमियममा आइपीओ अनुमति माग्न धितोपत्र बोर्डमा पुग्यो

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ बिक्री गर्न मान्डु हाइड्रोपावरले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन गर्ने छ । मान्डु हाइड्रोपावरले हाल मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । यो आयोजनाले २०७५ देखि विद्युत उत्पादन शुरु गरेको हो ।

२ चैत २०७९, बिहीवार १४:०६ बजे प्रकाशित

stcnepal long ad