Everest Bank
nabil bank
national life
stcnepal long ad

आज वैदेशिक रोजगारीमा रहेकाले सानिमा मिडिलको आइपीओ भर्ने आज अन्तिम दिन

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज बुधबार (माघ १८ गते) अन्तिम दिन हो । वैदेशिक रोजगारमा रहेकाले बुधबार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

यता, आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि भने फागुन ४ गतेसम्म आइपीओ खुला रहने भएको छ । उक्त समयभन्दा अगाडि नै मागभन्दा बढी आवेदन परेमा सूचना जारी गरेर बिक्री बन्द गरिने पनि कम्पनीले जानकारी गराएको छ ।

सानिमा मिडिल तमोरले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ । सोमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ ।

आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् ।

यता, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७५० कित्ताको १०५ अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

यसमा दुवै समूहका आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

स्थानीय बासिन्दाहरुले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

१८ माघ २०७९, बुधवार ०८:५४ बजे प्रकाशित

stcnepal long ad