sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

शुक्रबारदेखि माया खोला हाइड्रोपावरको आइपीओ आउने

१० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माघ १३ गते शुक्रबारदेखि माया खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २५ अथवा ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १९ लाख ९२ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले  सी–आस्वा  प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

इक्रा नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

prabhu bank
nawakantipur long