adbl long ad
nabil bank
stcnepal long ad
national life

चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ ।मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पारिवारिक असमझदारीले ल्याउने उतारचढावलाई देखाइएको छ ।

चलचित्रमा विपिन कार्की र अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ ।

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको चलचित्रमा मनिष ढकाल निर्माता छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन् । जोश हेरुमले छायांकन गरेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । चलचित्रमा अभिभावक र सन्तानबीचको सम्बन्धलाई देखाइएको छ । यो चलचित्र फागुन ५ गतेदेखि प्रदर्शन हुनेछ।

११ माघ २०७९, बुधवार ०८:५४ बजे प्रकाशित

Election
stcnepal long ad