तेह्रथुम पावर कम्पनी लिमिटेडको पुस १० गते वार्षिक साधारण सभा
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले पुस १० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो ।
सभा होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते देखि पुस १० गते सम्म बुक क्लोज गर्दैछ । तसर्थ, मंसिर २४ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।