पहिलो दिनमै सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदकको ओइरो

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओमा ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज भदौ २९ गते साँझ ५ः०१ बजेसम्ममा २ लाख ९० हजार ८२७ जनाले ३३ लाख २३ हजार २८० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.१४ गुणा बढी आवेदन हो ।
आज भदौ २९ गते देखि कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहने छ ।