आज साउन ४ गते देखि श्वेत गंगा हाइड्रोपावरको आइपीओ बिक्री खुला
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले आज बुधबार साउन ४ गते देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले कुल २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीको भनाई रहेको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । श्वेत गंगाको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

























