stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुधकोसी जलविद्युत आयोजनाको पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो ।

 

 

नेपाल विद्युत् प्राधिकरण, दुधकोशी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबिचमा बिहीबार धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साँढे ३ किलोमिटर कन्स्ट्रक्सन एक्सेस रोडको ट्र्याक खोल्नका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलविद्युत आयोजनाको पावरहाउस स्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् ।

निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब ९ महिनामा एक्सेस रोड बनाउने समझदारी–पत्रमा उल्लेख छ ।

लामिडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३।३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो ।

हाल बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो ।

भ्या टसहित करिब २.२ बिलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औँल्याइएको छ । सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोस्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

prabhu mahalaxmi
kumari