prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

माण्डु र माइखोला हाइड्रोपावरले आपीओ जारी गर्ने, दुवैको बिक्री प्रबन्धक प्रभु क्यापिटल

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माण्डु हाइड्रोपावर र माइखोला हाइड्रोपावरले आइपीओ निष्सकासन गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छन् ।

माण्डुले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरेको छ । यसले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ ।

 

उक्त आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन सुरु गरिसकेको छ । माण्डुले सोमबार प्रभु क्यापिटलसँग बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा माण्डु हाइड्रोपावरका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यता, माइखोला हाइड्रोपावरले पनि आइपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई नै बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा माइखोला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत रितेश रजक र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यस हाइड्रोपावरले इलाम जिल्लाको इलाम नगरपालिकास्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । उक्त आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन सुरु गरिसकेको छ ।

७ असार २०७९, मंगलवार १०:४४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads