prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरको आइपीओ खुल्ने

५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्तासाधारण सेयर निष्कासन गर्नेछ ।

 

 

यो मध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

७ असार २०७९, मंगलवार ०८:५६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads