citizens life insurance long ad
stcnepal long ad
national life

रारा हाइड्रोपावरले आइपीओ ल्याउने

मेगा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Prabhu Insurance Long Ad

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतामा बुधवार हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

कार्यक्रममा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मर्केट्सका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सर्वसाधारणका लागि जारी हुने यो सेयर १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हुनेछ । अब सर्वसाधारणमा सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपछि बिक्री खुला हुनेछ ।

himalayan life insurance
igi long