stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

अपर सोलु हाइड्रोको आइपीओ स्थानीयका लागि आजदेखि बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  अपर सोलु हाइड्रोले आज वैशाख २२ गते बिहीबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा जेठ ५ गतेसम्म र ढीलोमा जेठ २० गतेसम्म आइपीओ खुला रहनेछ ।

रेटिङ एजेन्सी इक्र नेपालले अपर सोलु हाइड्रोको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari