stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज युनियन हाइड्रोपावरको वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनियन हाइड्रोपावरको आज मंगलबार पुस २७ गते वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय, धोबीघाट ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा प्रबन्ध सञ्चालकको नियुक्त गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ ।

सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको छ । पुस २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari