नेप्सेमा अरूणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार कित्ता सेयर थपियो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर थपिएको छ। नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको जनाइएको छ। यो कम्पनीको कुल १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७७र७८ मा कुल १०.५२६ प्रतिशत लाभांश बाँढेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश थिए। सोही १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो





















