citizens life insurance long ad
stcnepal long ad

तीन मेजर जर्नेलको म्याद थप्न मुल्यांकन सुरू

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनामा सहायक रथी, उपरथी र रथी पदमा बढुवा र म्याद थपको समय नजिक आएपछि जर्नेल, कर्नेलहरुको कार्यशैली, व्यक्तिगत चरित्र, कमाण्डमा रहँदा उनीहरुको जिम्मेवारी र भूमिकाका विषयमा मुल्यांकन हुने गर्दछ।

नेपाली सेनाले दिएको जिम्मेवारी, कार्यसम्पादन, सैनिक अनुशासन, तालिम, स्टाफ कलेज गर्न प्रवेश गर्दा नेपाली कि अंग्रेजी माध्यम भन्ने विषयहरु बढुवा र म्याद थपको समयमा हेरिन्छ।

उनीहरुको विगत र वर्तमानका सम्बन्धमा सैनिक अनुशासन, चाकडी, सोर्सफोर्स, संगठनभित्रको कार्यक्षमता र व्यावसायिक दक्षता पनि बुझ्ने र हेर्ने गरिन्छ ।

प्रधानसेनापति प्रभुराम शर्माले तीन जना उपरथी (मेजर जर्नेल) हरु अनन्त कार्की, ताराध्वज पाण्डे र सीताराम खडकाको म्याद थपका लागि उल्लेखित सबै विषयमा अध्ययन गर्न आफ्ना सैनिक सचिव विभागका उपरथी गौरव केसीको अफिसलाई निर्देशन दिएको बुझिन आएको छ ।

आगामी माघ २३ गते यी तीन जना उपरथीको तीन वर्षे पदावधि समाप्त हुँदैछ । नेपाली सेनामा उपरथी विशिष्ठ सचिव सरहको पद हो।

उपरथीहरुको पहिला पदावधि तीन वर्ष र सरकारले चाहेमा अर्को दुई वर्ष म्याद थप गर्न सक्छ । संगठनका लागि निजहरुको आवश्यकता रहेको कुरा प्रधान सेनापतिलाई लागेमा म्याद थपका लागि नेपाली सेनाका प्रधान सेनापतिले रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा सिफारिस गर्छन ।

नेपाली सेनाका उपरथीहरुको २ वर्षे पदावधि थप हत्तपत्त हुने गरेको छैन । यस अघि पनि उपरथीहरु देव बहादुर सुवेदी, अनुज बस्नेत, विनोज बस्नेतहरुको पदावधि थप सिफारिस नभएपछि प्रधान सेनापति बन्ने अवसर समेत गुमेको थियो । यसरी मुखमै आएको सुअवसर गुमाउनेमा विनोज बस्नेत पनि रहेका थिए ।

उपरथी बस्नेतलाई पूर्वी पृतनाको पृतनापति हुँदा टोपी खरिद काण्ड लागेको थियो । जसको छानविन तत्कालीन उपरथी शरद गिरीले गरेका थिए । म्याद थप गर्दा कहाँ कसलाई नाफा र नोक्सान हुन्छ भन्ने हिसाव किताव पनि नेपाली सेनामा मसिनो गरेर अध्ययन गर्ने गरिन्छ ।

आगामी माघ २३ गते ३ वर्षे पदावधि पूरा हुने उपरथीहरु अनन्त कार्की, सीताराम खड्का र ताराध्वज पाण्डेको सैनिक सचिवालयले विगत चरित्र, कार्यशैली, कार्यसम्पादन मुल्याकनको दरो लेखाजोखा गर्ने भएको छ। तीन वर्षे पदावधि सकिने दिन नजिक आएकाले यी तीन मेजर जर्नेलहरुमा छटपटी बढेको चर्चा छ।

तीन जना मध्ये नेपालीमा स्टाफ कलेज गरेका, साउथ सुडान शान्ति मिशन र पूर्वी पृतनापतिमा कार्यरत हुँदा निकै विवादमा परेका मेजर जर्नेल हुन् ।

खडका सैनिक तालिम निर्देशनालयमा भर्खरै सरूवा भएका छन। उपरथी ताराध्वज पाण्डे चाहिं हाल नेपाली सेनाको मालदार अड्डा मानिने संभार रथी विभागको प्रमुख छन् । मेजर जर्नेल पाण्डे दस महिनादेखि संभार रथी विभागको नेतृत्व गर्दै आएका छन् ।

संभार रथीले नेपाली सेनाका लागि आवश्यक बन्दोबस्तीका सामान लगायत लत्ताकपडा समेत अर्बौको खरिदका लागि टेण्डर गर्ने गर्दछ । सेनाले गर्ने टेण्डरहरु अपारदर्शी हुने गरेको गुनासो पीडित ठेकेदारहरुले गर्दै आएका छन् ।

उपरथी पाण्डे पनि खरिदको विवाद र यस्तो अलोचनाबाट टाढा रहन सकेका छैनन् । संभार रथी विभागमा कार्यरत जर्नेल, कर्णेलहरु र सप्लायर्सहरुको मिलेमतोमा सामान खरिद गर्ने करोडौं कमिशन खाने रोग सेनामा पुरानै हो । यो दीर्घ रोगको उपचार कुनै पनि प्रधान सेनापतिको कार्यकालमा हुन सकेको छैन ।

IME Life
kumari