कहिले आउला मध्यभोटेकोशीको सेयर कारोबारमा ?
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर आगामी साताभित्रै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत गर्ने तयारी भइरहेको छ।
कम्पनीका सीईओ रामगोपाल शिवाकोटीका अनुसार अर्को साताभित्रै नेप्सेमा मध्यभोटेकोशीको आईपीओ सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ। ठूलो भोलुममा सेयर हुनु र संस्थापक, स्थानीय र सर्वसाधारणको डाटा मिलाउन समय लागेकोले सूचीकरणका लागि केही समय लागेको छ।
सम्भवतः अर्को शुक्रबारसम्म सीडीएससीमा काम गरेर अर्को साताभित्रै नेप्सेमा सूचीकृत गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। आगामी बुधबारसम्म सेयर सूचीकृत भए अर्को साताबाटै सेयर कारोबारमा आउने सम्भावना रहेको बताइएको छ।
मध्यभोटेकोशीको डकुमेन्ट सीडीएससीमा पुगिसकेको छ। आइतबारसम्म सीडीएससीले यो कम्पनी सबै प्रक्रिया पूरा गरि सक्नेछ । त्यसपछि कम्पनीले नेप्सेमा सूचीकृतको प्रक्रिया अगाडि बढाउने सम्भावना छ।
कम्पनीले गत कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो। आरटीएसमा ग्लोबल आईएमई क्यापिटललाई कम्पनीले नियुक्त गरिसकेको छ।
मध्यभोटेकोशी कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो।सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका थिए।

























