sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचीकरण गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ यही साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको बताइएको छ।

सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सूचीकरणका लागि नेप्सेमा कागजपत्र पेस भइसकेको छ ।

नेप्सेले सूचीकरण सम्झौताका लागि बोलाउन बाँकी रहेको छ। नेपाल एसबीआई मर्चेन्ट बैंकिङले फाइल पठाएको ३ दिन भइसकेको छ। अब एक–दुई दिनभित्रै सूचीकरण सम्झौता हुन सक्छ।

सामलिङ्ग पावरको आईपीओ सूचीकरणका लागि फाइल आइसकेको नेप्से स्रोतले बतायो। अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ, सम्भवतः एक– दुई दिनभित्रै सूचीकरण सम्झौता हुन सक्छ।

यदि नेप्सेमा यो कम्पनीको आईपीओ बुधबारअघि नै नेप्सेमा सूचीकरण भएमा यसै साताबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने सम्भावना रहेको छ । तर यदि बिहीबार सूचीकरणमा सम्झौता भएमा आगामी आइतबारबाट मात्रै यो कम्पनीको सेयर कारोबारमा आउन सक्छ।

सामलिङ्ग पावरले गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत कात्तिक १६ गते भएको थियो।
सामलिङ पावरको सेयर लगानीकर्ताको डिम्याट खातामा आउन थालेको छ। एसपीसी सिम्बलमा यो कम्पनीको सेयर डिम्याटमा आएको छ।

gold
prabhu bank
nawakantipur long