citizens life insurance long ad
stcnepal long ad

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ३८ करोड ६२ लाख ४४ हजार ८०० रुपैयाँ बराबरको आवेदन परे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ३८ करोड ६२ लाख ४४ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार हालसम्ममा १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन् । न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आइपीओ निष्कासन खुला गरेको हो ।

न्यादी हाइड्रोपावर कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

न्यादी हाइड्रोपावरले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।

यता, न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । लगानीकर्ताले मंगलबार ९भदौ १५ गते० सम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।

उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाले आगामी असोज १ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यस आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ रहेको छ ।

IME Life
kumari