evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

भदौ १५ गतेबाट मञ्जुश्री फाइनान्सले संस्थापक सेयर लिलामी बिक्री खुला गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । मञ्जुश्री फाइनान्सले भदौ १५ गते मंगलबारबाट ९ हजार १८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नु पर्नेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम म्याद भदौ २० गते तोकिएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

himalayan life insurance long ad
igi long