stcnepal long ad
global ime bank long

अरुण काबेलीको नाफामा आकर्षक वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावरको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा नाफा ३४८।१५५ ले बढेर २० करोड ३२ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १३४.८४% ले बढेर ५१ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट २२ करोड १ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष ४ लाख ३० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष ५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा अरुण काबेलीको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९८ पैसा छ । चुक्ता पुँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ५७ लाख ६० हजार रुपैयाँ छ ।

IME Lifesidebar
kumari