stcnepal long ad
global ime bank long

सूर्योदय लघुवित्तको खुद नाफा ९०.९८% बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २८ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ९०.९८% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्षको यसै अवधिमा भने ३ करोड २९ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा ८६.२८% र सञ्चालन नाफामा १२८.३९% सुधार भएपछि खुद नाफा बढेको देखिन्छ ।

सूर्योदयले निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गरेको छ । खराब कर्जा भने २.०९% ले बढेर २.८२% पुगेको छ । रिजर्भ कोष ८५ ले बढेर १४ करोड १२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४८ पैसाले सुधार भएपनि प्रतिसेयर नेटवर्थ भने ८६ पैसाले घटेको छ । सूर्योदयको प्रतिसेयर आम्दानी हाल ३३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा छ ।

IME Lifesidebar
kumari