stcnepal long ad
global ime bank long

आईपीओको प्रस्ताव सहित बिन्ध्यबासिनी हाइड्रोले डाक्यो वार्षिक साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी बैशाख ३१ गते बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको बानेश्वरस्थित कम्पनीको कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो ।

सभामा कम्पनीले साधारण सेयर (आईपीओ) निश्काशन गर्ने सम्बन्धी प्रस्तावमा आवश्यक निर्णय गर्ने छ । सो सम्बन्धी कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । जुन स्वीकृत हुने प्रकृयामा रहेको छ । कम्पनीले २५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।

त्यस्तै, सभाले कम्पनीको नयाँ सञ्चालक समितिको गठन गर्ने छ । कम्पनीको नाममा भएका अन्य विभिन्न कम्पनीका सेयर बिक्री गर्न तथा खरीद सम्बन्धी निर्णय पनि सभाले गर्ने छ ।

साथै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन तथा सो वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्ने छ ।

IME Lifesidebar
kumari