stcnepal long ad
global ime bank long

एचआईडीसीएलको सीईओमा अर्जुनकुमार गौतम सिफारिस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्जुनकुमार गौतम सिफारिस भएका छन्। सरकारले कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले गौतमको नाममात्र सिफारिस गरेका हुन

सीईओ बन्नका लागि गौतमका अतिरित्त, कम्पनीका उपमहाप्रवन्धक अरुण रजौरिया, पूर्वसीईओ छविराज पोखरेल, सूर्य अधिकारीलगायत ९ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

गौतम ४ वर्षका लागि एचआईडीसीएलको सीईओ बन्ने भएका हुन् । पेशाले चाटर्ड एकाउन्टेन्ट गौतम कर्मचारी सञ्चय कोषको वरिष्ठ प्रवन्धक हुन ।

यसअघिका सीईओ पोखरेलले ४ वर्ष कार्यकाल पुरा गरेर माघको अन्तिम साता बाहिरिएका थिए । एचआईडीसीएलमा ८० प्रतिशत सरकार र २० प्रतिशत सर्वसाधारणको लगानी छ ।

IME Lifesidebar
kumari